बुधबार १७ जेठ २०८०

काठमाडौं, १३ पौष । रौतहटमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । परोहा नगरपालिकाको नगरकटियाबाट जन्ती बोकेको जीप जयनगरमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमा र एकजनाको अस्पतालमा मृत्यु भएको बुझिएको छ ।

मृत्यु हुनेहरुमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ अन्सारी र २५ वर्र्षीय सेख छोटु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गढीमाई नगरपालिका ३ का बासिन्दा हुन् । एकजनाको सनाखत हुन बाँकी छ । जीपमा ९ जना सवार थिए ।

साँझ ४ बजे नरकटियाबाट गढीमाई नगरपालिका गम्हरियातर्फ गइरहेको भारतीय नम्बर प्लेट बीआर ०५ पीए ६९५३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप तिव्र गतिमा हुँदा अनियन्त्रित भई सडकबाट बाहिर पुगेको थियो । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 29th, 2021 at 11:40 am
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया