बुधबार १७ जेठ २०८०

झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार हुन् । मङ्गलबार राति करिब साढे १० बजे उतरबाट दक्षिणतर्फ पूर्व पश्चिम राजमार्ग आउँदै गरेको प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा दुर्घटना भएको हो ।

दमक नगरपालिका–२ भाङबारीस्थित उतर–दक्षिण भित्री सडकखण्डमा भएको सो दुर्घटनामा तीन जनाकै घटनास्थलमै मृत्यु भएको डिएसपी कार्कीले जानकारी दिए ।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 29th, 2021 at 12:11 pm
५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया