बुधबार १७ जेठ २०८०

गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्व हो ।

सोही पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालय स्रोतले बताएको छ । यसअघि पुस ४ गतेको योमरी पुन्हेँका दिन सरकारले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।

गत १० गते क्रिसमस पर्वको दिन पनि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । जबकी त्यो दिन शनिबार परेकाले मुलुकभर सार्वजनिक बिदा नै थियो ।

आगामी सोमबार पनि अर्को ल्होसार पर्व परेको छ । उक्त दिन तोल ल्होसार हो । गत वर्ष फागुनमा सरकारले नयाँ वर्ष २०७८ को बिदा सूची घोषणा गर्दा अधिकांश पर्वमा सम्बन्धित धर्मावलम्वी तथा समुदायलाई बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 29th, 2021 at 12:36 pm
८०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया