बिहिबार २५ जेठ २०८०

अर्घाखाँची जिल्लाको छतदेव गाउपालिका वडा नं ५ का देवुराम कुवरको यो जिन्दगी बिस्तारामै बितिरहेकोछ।करिब १९ बर्षबाट बिस्तारामै बितेको यो दृश्य हेरेन पनि लगभक नसकिने अवस्था छ अझ पी डा खप्ने र पर्ने मान्छेलाई त झन के सम्म भएको होला ।

बिहेपछि सुख मिल्छ कि भनेकि उनकि श्रिमतिले त झन बिवाह पछि न र्कको जस्तो भएको आफ्नो जिन्दगी उनी बताउँछिन् ।श्रिमानको यस्तो घा उ सुरुवाति दिनमा हेर्दैगर्दा आफुले दुई महिनासम्म खानै नखाएको तर यथार्थलाई आखिर स्विकार्नै पर्दोरहेछ भन्दै ती ड रलाग्ला घा उहरु धुने सफा गर्ने समेत उनैले गर्दै आएको बताउँछिन् ।

यो घा उ सर्वा रोग हो भन्दै कोहि पनि हेर्न समेत नआउने उनी दुखेसो गर्छिन् ।यदि सर्नेनै भए म १९ बर्षबाटनै सगै छु अझ नजिक छु खै त सरेको भन्दै निकैनै दुख पोख्छिन्।छोरा बुहारि पनि आए हेरे मात्रै र अर्कै कोठामा सुते ।आफ्नै परिवारबाट घा त भएपनि अरुबाट हुनु त स्वभाविक नै त हो ।

सुख के हो कहिले मुख समेत देख्न पाइएन तर दुख भने सधै यसरी नै कतिन्जेल सगसगै हिड्ने हो टुङ्गो छैन् ।भगवान् यदि छौ भने यो परिवारलाइ खुसि देउ ।आर्थिक अवस्था कमजोर हुनु र बेलैमा उपचार नपाएपछि यस्तो अवस्था सृजना भएको रहेछ ।


Last Updated on: December 29th, 2021 at 12:51 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया