
पाँचथरको फालेलुङमा आ ग ला गी हुँदा तीन घर ज ले
पाँचथरको फालेलुङ गाउँपालिकामा आ ग ला गी बाट तीन घर ज ले का छन् । फालेलुङ–३ ताङ्लेक्पा बर्खेमा निवाखोला विद्युत् सट भइ बर्खे पूर्णबहादुर केरुङको घरमा आ ग ला गी हुँदा तीनवटा घर ज ले का हुन् ।
मंगलबार राति स्थानीय केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जल्दा सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको छ ।
काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।
को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने
लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।
नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।
माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।
सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।