
वाकोटको कपिलेश्वर-पञ्चकन्या गाउँपालिका वडा नंवर २ कविलासका ४६ वर्षीय नारायण भण्डारी तीन दिनदेखि बे प त्ता भएका छन् । शनिबार (पुस १०) गते राति १० बजेपछि घरबाट सम्पर्कविहीन भएको उनकी छोरी शर्मिला भण्डारीले जानकारी दिएकी छन । खोजीका लागि इलाका प्रहरी कार्यालय लाकुरीभन्ज्याङ र स्थानीयहरु लागेका छन् ।
शर्मिलाले भनिन्, ‘घरमा कुनै झ ग डा पनि भएको थिएन । बुबा मानसिक रोगी हुनुहुन्न । तर एक्कासी अस्ती राति घरबाट निस्कनु भएछ । आफन्तहरु सबैतिर सोधखोज गरिसक्यौं । भेट्टाउन सकेका छैनौं ।’ शर्मिलाका अनुसार आमा (श्रीमती)लाई सम्बोधन गर्दै ‘मलाई खोज्नु पर्दैन । नरुनु । छोराछोरी बोलाएर बस्नु भनेर’ लेखिएको चिट नारायणको सिरानी मुनी फेला परेको छ ।
सम्पर्कविहीन भएका भण्डारी किसानी काम र किराना पसल सञ्चालन गर्दै आईरहेका थिए । युरिक एसिडका बिरामी नारायणको हालसालै दायाँ हात र खुट्टा सुनिएको थियो । त्यसैले बुबा लामो बाटो हिँड्ने सक्ने अवस्था नरहेको पनि छोरी शर्मिलाको आँकलन छ । नारायणका परिवारमा एक छोरा, एक छोरी, श्रीमती र बुबा छन ।
नारायणका छोरी र परिवारले खोजी गरिदिन अनुरोध गरेका छन । गोरो, खुट्टा हल्का बाङ्गो टेक्ने हुलिया भएका उनलाई कुनै महानुभावले देखे भेटेको खण्डमा नजिकैको प्रहरी कार्यलय अथवा प्रहरीको हटलाइन नं, १०० वा ९८२३७७२१८४ मा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।