बुधबार २४ जेठ २०८०

केही दिन अघि इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि नेपालगन्जका शुरेस चौधरीसँग फरार भएकी थिइन । उमेरले निकै फरक भएका गोपाल र गंगा गोपालकि कान्छी श्रीमती थिइन । जेठी श्रीमतिसगँ सम्बन्ध बिच्छेद भए पछि गोपालले गंगालाई बिबाह गरेका थिए । उमेरले फरक भएता पनि श्रीमान गोपालले श्रीमती गंगालाई निकै सुखमा राखेको र हरेक चाहाना पूरा गरिदिएको स्थानियहरुले बताएका थिए ।

गंगा फरार भए पछि मिडियामा आएका गोपालले श्रीमती फर्केर आए आफू स्वीकार गर्ने बताएका थिए । गंगाको अहिले मिडिया र प्रहरिले खोजी गरिरहेको थियो । गत हप्तादेखि फरार भएकि गंगा भने अहिले सम्पर्कमा आएकी छिन । मिडियामा उनको खोजी बारे भिडियो बाहिरिए पछि अहिले गंगाले म्यासेज मार्फत आफ्नो वेदना लेखेर पठाएकी थिइन । यति धेरै धन सम्पत्ति हुँदा पनि गंगा मातिएर हिडेकि गाउँको मान्छे सबैको भनाइ थियो । घर भित्र आफू सुगा जस्तो भएर पिंजडामा बसेको गंगाले म्यासेजमा लेखेर पठाएकी छिन ।

साथी भाइ आफ्न्ता सँग भेट्ने कति इच्छाहरु हुन्थियो तर आफुले नपाएको गुनासो समेत गंगाले पोखेकी छिन् । एक वर्षमा माइती समेत आफू जम्मा २ चोटि गएको गंगा बताउँछिन् । माइती जाने दिन त गाली नगर्नु भन्दा नि श्रीमान गोपालले गाली गर्ने गरेको गंगाको भनाइ छ । बाहिर अरुले हेर्दा राम्रो नै देखिएपनि घर भित्र आफुले धेरै यातना सहनु परेको गंगा म्यासेजमा बताएकी छिन । श्रीमान गोपालले आफुलाई श्रीमतीको दर्जा नदिएको पनि गंगाको भनाइ छ । बिहे पनि अरुको जबर्जस्तिले गरेको गंगाले म्यासेजमा लेखेकी छिन ।

यतिको समय म त्यहाँ बस्नु छोराको मायाले गर्दा मात्र हो गंगा भनी गंगाले म्यासेजमा लेखेकी छिन । मनमा जति पिडा भएनी मैले कसैसँग केही नसुनाएको गंगाको भनाइ छ ।आफुलाई बुझ्ने कोहि नभएको गंगाले बताएकी छिन । सबैले धन सम्पत्ति मात्र देखे, २ तल्लाको घर मात्र देखे तर आफ्नो पिडा कसैले नदेखेको गंगाको भनाई छ । १३/१४ वर्ष आफुले छोराको लागि सबै पिडा सहदै आएको गंगा बताउँछिन् । अति भयो त्यसैले घर छोडेर आफू हिडेको भनी सुरेशको आइडी बाट गंगाले म्यासेज गरेकी छिन ।

आफुले माइतीको कारण बिहे गरेको र आफ्नो पिडा कसैलाई सुनाउनदा यति सुख छ घरमा भन्दै कसैले नपत्याउने गरेको उनको भनाई छ । गाउँ समाजले पनि मलाई हेर्ने नजर फरक भएको उनले बताईन । यो केटि बिग्रेकी भएर नै यसलाई बुवा समानको मान्छेसँग बिहे गराइ दिएको भनी गाउँ समाजमा कुरा गर्ने गरेको गंगाले म्यासेजमा लएखेकी छिन । बिहे गरेको १२ वर्ष भैसक्दा पनि आजसम्म कहिँ कतै घुम्न नगएको गंगाको भनाइ छ । गंगाको उक्त म्यासेज पछि उनका श्रीमानले भने गंगालाई प्रत्येक्ष रुपमा आएर बोली दिन आग्रह गरेका छन । (भिडियो हेर्नु )


Last Updated on: December 29th, 2021 at 5:31 pm
३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया