बुधबार २० मंसिर २०८०

Home > समाचार > हार्दिक श्रद्धाञ्जली! को’रोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकको नि’धन
हार्दिक श्रद्धाञ्जली! को’रोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकको नि’धन

adminMay 22, 2021 समाचार0
SUGGESTED NEWS
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
एजेन्सी । को’रोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे नि’धन भएको छ । धनुषा जिल्ला वि’धेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखि राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।

रामेछापमा को’रोना सङ्क्रमण भै आफ्नै जिल्ला धनुषाको जनकपुर स्थित जानकी हे’ल्थ कि’यरमा उपचारका क्रममा मण्डलको आज ९ः०० बजे नि’धन भएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी दिए ।मण्डल विगत ४ वर्षदेखि राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा शाखा प्रबन्धकमा कार्यरत रहेका थिए ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मण्डललाई वैशाख २५ गते ए’न्टिजेन्ट परीक्षण गर्दा को’रोना सङ्क्रमण पुष्टि भएको थियो । को’रोना सङ्क्रमपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि परिवारले गृह जिल्ला धनुषा लगेका थिए ।

अस्पतालमै संक्रमणको जोखिम
लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या भएको छ । कोभिड–१९ को लक्षण मिल्ने रुघाखोकी र ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा संक्रमण फैलने त्रास बढेको हो ।

नमुना सामुदायिक अस्पतालमा कोभिड–१९ का संक्रमितलाई उपचारका लागि अक्सिजनसहितको ४० शøयाको आइसोलेसन बेड तयार छ । संक्रमितको उपचारका निम्ति आइसोलेसनको व्यवस्थापन गरिए पनि प्रारम्भिक परीक्षणका लागि आवश्यक उपकरण नहुँदा अस्पतालमा आएका बिरामी थप जोखिममा परेको अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

अस्पतालमा आएका बिरामीहरूको तत्काल एन्टिजेन परीक्षण गरी उपचार गराउन सकिने भए पनि स्थानीय सरकारले एन्टिजेन उपलब्ध नगराएपछि समस्या सिर्जना भएकोे हो । कोभिड–१९ को लक्षण देखिएका बिरामीलाई परीक्षण नगर्दासम्म संक्रमण पुष्टि गर्न नसकिने र परीक्षण दायरा साँघुरो हुँदा अस्पतालमा आएका अन्य बिरामीहरूमा पनि संक्रमणको जोखिम बढ्ने अस्पताल विकास समितिका अध्यक्ष अधिकारीको भनाइ छ ।

१५ शैयाको अस्पतालमा हाल दैनिक २५ देखि ३० जना बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालबाट बिरामीहरू उपचार गरेर निको भई घर फर्किएपछि मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आउँदा समस्या जटिल बनेको अस्पतालका मेडिकल अफिसर डा.दिलिप अधिकारीले बताए ।

जिल्लामा हप्ताको दुई दिन मात्रै पिसिआर परीक्षणको स्वाब संकलन गरिन्छ । रिपोर्ट आउन एक सातादेखि १० दिनसम्म लाग्ने हुँदा यो अवधिमा बिरामीहरूको उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ ।


Last Updated on: May 22nd, 2021 at 8:25 pm
१५३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया