बुधबार २४ जेठ २०८०

सनी लियोनीको ‘मधुबन’ गीतले किन मच्चायो बबाल ? ३ दिनमा युट्युबबाट हटाइँदै (भिडियो)
सनी लियोनीको गीत ‘मधुबन’का विषयमा बबाल मच्चिएको छ । अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ ।

यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा संशोधन गर्ने बताएको छ । अहिले अपलोड गरिएको भिडियो सबै हटाइनेछ ।

हिन्दूस्तान टाइम्सका अनुसार सारेगामाले भनेको छ- ‘हालैका प्रतिक्रियाहरु हेर्दै र देशका नागरिकहरुका भवनाको सम्मान गर्दै हामी मधुबन गीतको नाम र बोल दुवै परिवर्तन गर्नेछौं ।’ सारेगामाले अगाडि भनेको छ ‘३ दिनभित्र सबै प्लेटफर्ममा ३ दिनभित्र पुरानो गीत हटाइनेछ र त्यसको ठाउँमा नयाँ गीत हुनेछ ।’

मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले अभिनेत्री सनी लियोनी र गायकलाई चेतावनी दिँदै यो भिडियोको लागि माफी माग्न र ३ दिनभित्र यो भिडियो हटाउन अन्यथा कारवाहीको लागि तयार रहन भनेका थिए । यसअघि पनि नरोत्तम मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाचीले आफ्नो मंगलसूत्रको विज्ञापन हटाएका थिए ।

३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही

अहिले पनि चेतावनीको तत्कालै पछि कम्पनीले प्रतिक्रिया दिँदै भिडियो बदलिने बताएको छ । मन्त्रीको चेतावनीको हवाला नदिइ कम्पनीले यो निर्णय हालैका प्रतिक्रियाहरुपछि लिइएको बताएको छ । नरोत्तम मिश्राले भनेका थिए ‘केही विधर्मी लगातार हिन्दू भावनालाई आहत गरिरहेका छन् ।

एउटा भिडियो मधुवनमे राधिका नाचे निन्दनीय प्रयास हो । म सनी लियोनी जी, शारिब र तोशी जीलाई चेतावनी दिन्छु कि उहाँहरु बुझ्नुस् । यदि उहाँहरुले ३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही गर्नेछौं ।’

यो गीतमा १९६० को फिल्म कोहिनूरमा मोहम्मद रफीले गाएको गीतका बोही बोल पनि थिए । नरोत्तम मिश्राका अलावा पुजारीहरुले पनि भिडियोलाई आपत्तिजनक पाएको बताउँदै यदि यसलाई हटाइएन भने अदालत जाने बताएका थिए ।


Last Updated on: December 30th, 2021 at 12:04 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया