
उदयपुर । उदयपुरमा सर्वसाधरणले बिभिन्न समय हराएको मोवाईल प्रहरीले खोजी गरी सम्बन्धी धनीलाई जिम्मा लगाएको छ । चोरी तथा आफैले भुलबस हराएको मोवाईलहरु आईएमई कोडको आधारमा खोजतलास गर्दा फेला परेपछि सम्बन्धीत मोवाईलधनीलाई बोलाएर हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार आफ्नो मोवाईल चो री भएको र कतिपय आफैले हराएकाले खोजी गरिदिन बिभिन्न व्यक्तिहरुबाट अनुरोधसहित निबेदन आएको थियो ।
सोही निबेदनमा उल्लेख भएको मोवाईल नम्बर र आईएमई कोडको आधारमा जीपीएसमाध्यमबाट लोकेशन ट्रुयाक गरी मोवाईल पत्ता लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय भेटिएको ८ थान मोवाईलका प्रयोगकर्तालाई जिप्रका उदयपुरमा बोलाएर जिम्मा लगाएको थियो ।
प्रहरीका अनुसार हराएका मोवाईलहरु कुनै भर्खरै हराएको र कुनै भने निकै लामोसमय अघि हराएकोसमेत फेला परेको छ ।
प्रवक्ता गौतमका अनुसार स्यामसुङ, भिबो र रियलमीलगायत कम्पनीका मोवाईलहरु फेला परेका हुन् ।
जसको हाल अनुमानित बजार मूल्य दुई लाख बराबर हुने प्रहरीले जनाएको छ ।