बुधबार २४ जेठ २०८०

काठमाडौं, पौष १४ – कपिलबस्तुमा ट्रक र बसले कारलाई ठ’क्क’र दिँ’दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्। गए राति ट्रक र बसले कारलाई पालैपालो ठ’क्क’र दि’ए’को थियो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ। कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा: उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठ’क्क’र दि’ए’को थियो। पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठ’क्क’र दि’ए’को थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठ’क्क’र दि’ने ट्रक र बसको नम्बर खुलेको छैन।

पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्। मंगलबार राति भएको दुर्घटनामा खनाल र शर्मा गम्भीर घाइते रहेका छन् । घाइते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Last Updated on: December 30th, 2021 at 1:11 pm
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया