
क्रिसमसको दिन गल्तिले ब न्दुकको गो ली ला गेर घाइते भएकी ३ वर्षीया बालिका आयली गोर्डनको मंगलबार साँझ मृत्यु भएको हेन्डरसन काउन्टी शेरिफको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार डिसेम्बर २५ शनिबारका दिन दिउँसो २:३० बजे उक्त घटनाको बारेमा खबर गरिएको थियो ।
प्रहरीका अनुसार बच्ची ब न्दुक भएको ठाउँमा पुगिन र संयोगवस आफैलाई गो ली हा निन । उक्त घटना नर्थ क्यारोलाइनाको आशभिल शहरको दक्षिणमा भएको हो ।
बच्चालाई मिशन अस्पतालमा उपचारको लागि उदग्रबिमान(हेलिकप्टर )बाट लागिएको थियो । उनको चिकित्सा उपचार भै रहेको प्रवक्ता जोनी डंकनले गत आइतबार सीएनएनलाई बताएका थिए ।
ब न्दुक हिंसा अभिलेखका अनुसार सन् २०२० मा अमेरिकामा ब न्दुकका घटनाहरूबाट १८ वर्ष मुनिका ५,१०० भन्दा बढी बालबालिका मा रिएका वा घाइते भएको उल्लेख गरेको छ ।
उनको मृत्यु भए पछि ३ दिन अगाडी गोफन्डमी खाता खोलिएको छ । उनको उपचार खर्चको लागि केव्वल ५ हजार डलर लक्ष्य राखिएकोमा हाल १८ हजार डलर भन्दा ज्यादा संकलन भै सकेको छ । गो फन्डमा दिइएको सूचना अनुसार उनको टाउकोमा गो ली संयोगवस लागेको थियो ।