बुधबार २४ जेठ २०८०

पछिल्लो समय सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन बकेँ जिल्लाको कोहलपुर घर भएकी २० वर्षीय पुजा ओलि । सानै उमेर देखि नाच्न गाउन रुचाउँने पूजा अहिले टिकटकमा धेरैले मन पराउने मध्येमा पर्दछिन ।टिकटकमा पुजाको गेटप र हाँसो सबैले मनपराएको उनको भनाइ छ । महिला भएर पनि पुरुष जस्तै देखिने पूजालाई धेरैले सोध्ने गर्दछन केटा हो कि केटि हो भन्दै । टकटकमा यस्ता थुरै कमेन्टहरु आउने गरेको पूजाले मिडियामा बताएकी छिन ।

आफुले केटाको जस्तो कपाल काटेकोले धेरै जना झुक्किएको उनको भनाई छ । साथै आफुले लगाउने ड्रेस पनि केटाले लगाउने जस्तै भएकोले गर्दा धेरैले केटा नै हो भन्ने गरेको भएता पनि आफू केटि भएको पूजाले बताईन । आफ्नो कपाल बिग्रेको कारणले सबै कपाल खुइल्याए पछि राम्रो आउँछ कि भनेर काटेको पूजाले बताएकी छिन । त्यही कपाल काटे पछि धेरै जना झुक्किएको उनको भनाई छ । त्यही भएर टिकटमा पनि सबैले यहीँ प्रश्न सोध्ने गरेको पुजाको भनाइ छ । तर पनि आफुलाई केटाको जस्तो लुक्स धेरै मन पर्ने उनी बताउँछिन ।

आफुलाइ केटाकै जस्तो ग्रेटप गरेर हिड्न मन लाग्ने उनि बताउछिन् । पछिल्लो समय आफ्नो गेटपको कारण नै भाइरल भएको पनि उनको भनाई छ । कतिपयले त लिंग परिवर्तन गरेर केटिबाट केटा बनेको हो कि भनी सोध्ने पनि गरेको पूजा बताउँछी । तर आफुले त्यस्तो केही नगरेको र आफू केटि नै भएको उनले बताईन । आफ्नो कपाल बिग्रेको कारणले मात्र कपाल काटेको र अहिले बिस्तारै कपाल बढ्दै गएको उनले बताईन । केही समय पछि कपाल लामो भए पछि कोहि पनि नझुक्किने उनी बताउँछिन ।

मोड्लिन गर्ने मन पराउने पूजाले ८ वटा भन्दा बढी म्युजिक भिडियोमा समेत समेत काम गरिसकेको बताउछिन् । टिकटक बनाउन धेरै मन पर्ने उनको भनाई छ । अवसर पाए आफू म्युजिक भिडियोमा पुरै रोल लिएर खेल्ने चाहाना भएको पुजा बताउँछिन् । उनी अहिले १२ कक्षा पास गरेर पढाइ छोडेको बसेको करिव ४ वर्ष भएको बताउँछिन । ७ जनाको परिवार रहेको पूजाका बाबा भने वैदेशिक रोजगारीमा छन । आफू घरै रहेको र बहिनिहरु पढ्दै गरेको उनि बताउँछिन ।

आफू यस्तो गेटपमा हिड्दा मान्छेहरु डराउने गरेको पूजा बताउँछिन । बाटोमा भेट्दा पनि कतिले डरले नबोलाएको समेत पूजा बताउछिन । आफू एकदमै इमानदार सबै सँग मिल्ने मिलनसार भए पनि किन डराउँछन थाहा नभएको उनको भनाई छ । टिकटक भिडियोमा आफुलाई धेरै नकारात्मक कमेन्ट गर्ने गरेको पुजाले बताएकि छिन । धेरैको गलत सोछ भएकोले पनि यस्तो टिप्पणी गर्ने गरेको उनको बुझाई छ । तर आफू गलत सोचाइ राख्नेहरुको वास्ता नगर्ने पनि बताउँछिन । (भिडियो हेर्नुस)


Last Updated on: December 30th, 2021 at 5:30 pm
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया