बुधबार २४ जेठ २०८०

रुकुम पश्चिम — नातिनीको खु कु री प्र हा रबाट बाँफिकोट गाउँपालिका १ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनकी १७ वर्षीया उर्मिला मल्लले खु कु री प्र हा र गरेकी हुन् ।

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खु कु री हा ने को दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खु कु री हानी ।’

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आ क्र म ण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खु कु री हा ने को उनले बताए । घाँटीमै हानेको खु कु री आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खु कु री प्र हा र गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।


Last Updated on: December 30th, 2021 at 5:40 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया