
सिरहा । सिरहा नगरपालिका-१९ सन्हैठा बस्ने मोहमद कासिनको छोरी २ वर्षीया रुक्सारा खातुनको डु बे र मंगलबार बिहान मृ त्यु भएको छ । आँगनमा स्टिलको बाल्टिनमा राखेको पानीमा डु बे र अशक्त भएकी उनको उपचारको लागि जिल्ला अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित ला गू औ षध सहित प क्रा उ
वीरगञ्ज महानगरपालिका-१५ स्थित सडकबाट सोही महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफलाई नियन्त्रित ला गू औ षध ३ सय ५० एम्पुल नुफिन, ३ सय ५० एम्पुल डाइजेपाम र ३ सय ५० एम्पुल फेनारगन सहित मंगलबार बिहान प्रहरीले प क्रा उ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बिक्रमले बोकेको झोलाभित्र प्लाष्टिकमा लुकाइ ल्याएको उक्त ला गू औ षध सहित फेला पारी प क्रा उ गरेको हो । उनी उपर ला गू औ षध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।