
पछिल्लो समय काभ्रेमा प्रहरीको सक्रियता बढ्दै गएको छ । बाढी पहिरोका कारण सडक अबरुद्ध भएपछि सडकमै जन्म दिएकी महिला र शिशुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धार गरी अस्पताल भर्ना गरेको छ ।
शुक्रबारदेखि निरन्तर परेको पानीले गर्दा जिल्लाको रोशी गाउँपालिका-१२ माम्ती खोलामा बाढी पहिरोका कारण बि.पि.राजमार्ग सडक खण्ड शनिबार बिहानदेखि नै अबरोध भएको थियो । सडक अवरुद्ध हुदाँ सिन्धुलीतर्फबाट आईरहेका सवारी साधानहरु र यात्रुहरु जाममा परेका थिए ।
जाममा परेको सवारीहरुमध्ये एक भाडाको बसमा सवार गर्भवती महिला पनि थिइन् । पहिरोले सडक अवरुद्ध भएकाले लामो समयसम्म जाम खुल्न सकेन । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।
को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने
लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।
नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।
माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।
सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।
कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।