बिहिबार २५ जेठ २०८०

एजेन्सी । तपाई कतै यात्रामा हुनुहुन्छ त्यती नै बेला तपाईलाई यस्तो रोग लगेको थाहा भयो की तपाईको सम्पर्कमा आएका अरुलाई पनि यो रोग सर्न सक्छ । यस्तो थाहा पाएपछि तपाई के गर्नुहुन्छ ? एक जना युवतीलाई यस्तै भएको छ । जहाजमा यात्रा गरेकी एक युवतीले आफुलाई जहाजकै सफरका क्रममा कोभिड भएको थाहा पाइन् । उनले अरुलाई कोभिडको जोखिमबाट जोगाउन अपनाएको शैलीले विश्वभर चर्चा पाएको छ ।

अमेरिकाकी यि महिलाले आफुलाई कोभिड भएको थाहा पाएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्। उनले त्यहाँ बस्दाको भिडियो पनि खिचेकी थिइन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । द गार्डियनका अनुसार गत डिसेम्बर २० मा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। जहाजमा यात्रा गर्नुअघि उनले दुई पटक परीक्षण गर्दा कोभिड नेगेटिभ देखिएको थियो।

जहाजमा उडिरहेको बेला उनको घाँ टी दुख्यो। अप्ठेरो भएपछि उनी जहाजको शौचालयमा गइन्। उनीसँग र्‍यापिड टेस्ट किट थियो। त्यसले कोरोना परीक्षण गरिन्। रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनी शौचालयमै बसिन्। मारिसाले टिकटकमा राखेको भिडिओमा उनले अरू यात्रुलाई सं क्र म ण नफैलियोस् भनेर आफू शौचालयमा आइसोलेसनमा बसेको बताएकी छन्।

टिकटकमा उनले राखेको भिडिओ ४४ लाख पटक हेरिएको छ। उनले आफ्नो जानकारीबारे एयर होस्टेसलाई पनि जानकारी गराइन्। उनीहरूले आफ्नो राम्रो ख्याल गरेको मारिसाको भनाइ छ। आइसल्यान्ड पुगेपछि मारिसा अहिले होटल क्वारेन्टिनमा बसेकी छन्।


Last Updated on: December 31st, 2021 at 2:31 pm
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया