बिहिबार ११ आश्विन २०८०

काठमाडौं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही भएको बताउनुभयो । आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा आइपुगेको बिजुक्छेको भनाई छ ।

पार्टीहरूमा देखिएको भद्रगोलमा बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, हाम्रो पाटीलाई यो स्वभाविक लागेको छ’बिजुक्छेको भनाई छ ।

उहाँले भन्नुभयो –‘पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यहिँ हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक बर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन ।

पहिले यति धेरै मान्छे मरेका थिएनन् । त्यसकारण अहिलेको घटना पार्टीहरुको अराजकताका कारण भएको हो ।’ अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनसक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भनेको समयमा चुनाव नगरे बिरोध हुने उहाँले बताउनुभयो ।


Last Updated on: May 22nd, 2021 at 8:43 pm
५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया