बुधबार १७ जेठ २०८०

काठमाडौ । भक्तपुरमा रातिको समयमा चार तले घर’बाट १५ वर्षकी युवती ख से’की छन् । उनको उपचारका क्रममा अस्पताल’मा नि’धन भएको छ ।भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना’को मृ’त्यु भए’को हो ।उनी रातिको समयमा घरको चार तला’बाट खसेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 31st, 2021 at 2:55 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया