आइतबार २१ जेठ २०८०

काठमाडौं । आज (शुक्रबार) बिहान ७५ जना विद्यार्थीहरु अध्ययनका लागि नेपाल एयरलाइन्समार्फत अष्ट्रेलिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे ।

टिकट, भिसा देखाएर विमानस्थलभित्र प्रवेश गरेका उनीहरुले उडान समय पर्खिएर बसे । तर, उडान भएन ।

शुक्रबार अष्ट्रेलियाका लागि मात्र नभई साउदी, मलेसियालगायत देशको उडान पनि प्रभावित बनेको थियो । र, यात्रुहरु बिचल्लीमा परेका थिए ।

उडान समयमै नभएपछि विद्यार्थीहरुले त्यसबारे सूचना र जानकारी लिँदा जहाजमा समस्या आएपछि उडान ढिलाई भएको सूचना पाएकाे बताएका छन् ।

यसरी उडान समयमा नहुँदा झोला, लगेजसहित पुगेका उनीहरु बिचल्लीमा परे ।

यसअघि पटक पटक प्राविधिक समस्याका कारण जहाज दुर्घटना र उडान प्रभावित भएको समाचारहरु आएकै हो । र, शुक्रबार बिहान पनि यस्तै भइदियो ।

खासमा के भएको थियो र ७५ जना विद्यार्थीहरु एयरपोर्टमै बिचल्लीमा पर्नुपर्यो ? यसबारे न्युज २४ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी सूचना अधिकारी लक्ष्मी

पाण्डे गौतमलाई सम्पर्क गर्दा उनले सुरुमा आफू अनभिज्ञ रहेको र बुझेर जानकारी दिने बताइन् ।

पछि न्युज २४ नेपालसँग सम्पर्कमा आएकी सूचना अधिकारी गौतमले खराब मौसमका कारण उडान प्रभावित भएको र समय तालिका (सेड्युल) मिलाएर विद्यार्थीहरुलाई पठाइने बताइन् ।

उनले भनिन्, ‘मौसम खराबीका कारण फ्लाइट डिले भएको हो । टेक्निकल खराबी पनि भएको हुनसक्ला तर, विशेषचाहिँ मौसम खराबीका कारण हो ।

त्यसो त शुक्रबार अष्ट्रेलियामात्र नभई साउदी मलेसियालगायतका उडान पनि रद्द भएको छ । डिले भएका उडानहरुमौसममा सुधार आएपछि सिफ्ट मिलाएर उडान गरिनेछ ।’

विगत तीन दिनदेखि मौमसमा आएको खराबीका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेको पनि उनले बताइन् ।

तस्वीर सौजन्य : सुजन लामिछाने


Last Updated on: December 31st, 2021 at 5:53 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया