
केही समय अघि देखि इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि दुबईमा काम गर्दै आएका नेपालगन्ज घर भएका शुरेस चौधरीसँग फरार भएकी थिइन । पुस ५ गते लगभग बिहानको ९:३० बजे तिर घरबाट गंगा हिडेकी थिइन । शुरेससँग फरार भएकी गंगाले नेपालगन्ज पुगेर श्रीमानलाई फोन गरि अब आफू फर्केर नआउने भन्दै आफुलाई नखोज्न भनेकि थिइन । त्यसपछी उनका श्रीमान मिडियामा आएका थिए ।
मिडियामा उनिहरुको निकै खोजी भए पछि अहिले दुबैजना एकसाथ मिडियामा आएका छन । मिडियामा आए पछि गंगाले आफुलाई सुरेशले जिन्दगीभर साथ दिने बताईन । अहिलेसम्म सुरेशले आफुलाई दिएको साथ र सहयोग हेर्दा यो सधै रहिरहने जस्तो लागेको बताईन । आफू गोपालसगँ हुदा कुनै माया नपाएकोले माया कस्तो हुन्छ भनेर सुरेशलाई भेटे पछि मात्र थाहा पाएको बताईन । पब्जी खेल्दा भेट भए पछि आफुले सुरेशलाई आफ्नो बारेमा भन्ने गरेको र त्यसमा सुरेशले आफुलाई साथ दिएको गंगाले बताईन ।सुरेशले भने पब्जी खेल्दै गर्दा गंगाले आफुले भोगेका पिडाहरु आफुलाई सुनाउने गरेकोले उनको माया लागेको बताए । आफु त्यो बेला गंगासग फेसबुक तिर पनि साथी बनिनसकेकोले उनी कस्ति छिन भन्ने पनि थाहा नभएकोले उनलाई हेरेर माया नगरेको बताए । आफू गंगालाई लिन इटहरी आउँदा पहिलो पटक देखेको र त्यो बेला देख्दा उनी सानो बच्चा जस्तो लागेको बताए । यस्तो सानो मान्छेले जसरी यति धेरै पीडा सहेर यत्तिका वर्ष बिताएको होलस भनी झन माया लागेको सुरेशले बताए ।
आफ्नो घरको बारेमा बाहिर भन्दा राम्रो हुदैन भन्ने आफुलाई लाग्ने गरेकै कारण आफुले आफ्नो मिल्ने साथी तथा छरछिमेकिहरुलाई पनि आफुले पाएको पीडा कहिल्यै नसुनाएको गंगाले बताईन । त्यही कारणले नै अहिले उनिहरुले मिडियामा गोपालले गंगालाई सुखमा राखेको भनेर प्रतिक्रिया दिएको गंगाले बताईन । उनिहरुले बाहिरी कुराहरु देखेको भएता पनि घर भित्र कस्तो अवस्था थियो त्यो भने नदेखेकोले अहिले आफुलाई गल्ती देखाएको बताएकी छिन ।
अहिले आफुलाई सुरेशको घरमा पनि राम्रो गरेको गंगाले बताईन
आफ्नो बारेमा सुरेशले केही पनि नढाटी आफ्नो परिवारलाई भनेको हुनाले उहाहरुले पनि आफ्नो पिडालाई महसुस गरेर साथ दिएको गंगाले बताईन । सुरेशको घरमा आफुलाई चौधरीकै परम्परा अनुसार बुहारी स्वीकार गरेर भित्राएको गंगाले मिडियामा बताईन । अहिले पहिलो श्रीमान गोपाल मिडियामा आएर रुएको देख्दा नाटक धेरै गर्न जानेको भन्ने लागेको बताईन । पहिले आफुलाइ सधै कु’ट’पि’ट गर्ने यात’ना दिने अगिले मायाले रुएको हो भन्ने आफुलाई नलागेको उनको भनाई छ । (भिडियो हेर्नुस