बुधबार १७ जेठ २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७-७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ। संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै नेकपा (एमाले)का सांसदले अवरोध गर्दै आएका छन्। उनीहरुले आठौं अधिवेशनमा पनि अवरोध गरेका थिए।

यस्तै राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन्। मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ। शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो।

मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुने आयोगले जनाएको छ। आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ।


Last Updated on: January 2nd, 2022 at 12:52 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया