बुधबार २४ जेठ २०८०

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घ’टना भएको छ।

लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दु’र्घटना हुँदा ७ जना’को घट’नास्थ’लमा मृ’त्यु भएको छ ।

८ जना घा’इते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घ’टनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् , ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो ।

शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए ।

सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्डा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् । बाबुछोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए । ‘चौंरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं ।’ भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए ।

सम्पर्कविहीन भएपछि अहिले हेलिकोप्टर सुकेटार विमानस्थलमा होल्ड गरी राखिएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । पैदल र्मागमार्फत उद्धारको लागि जानेहरू पनि बाक्लो हिउँ जमेरका कारण आधा बाटोबाटै फर्केको शेर्पाले बताए ।


Last Updated on: January 2nd, 2022 at 1:00 pm
५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया