बुधबार १७ जेठ २०८०

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गो ली च लाएको छ । प्रहरीको गो ली ला गेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् ।

नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गो ली ला गेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गो ली ला गेको बुझिएको छ । गो ली ला गेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार ल गिएको छ । टाउँकोमा गो ली ला गेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।


Last Updated on: January 2nd, 2022 at 2:27 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया