
बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाका एक वडाध्यक्ष सहित २ जना प क्रा उ परेका छन्। बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गगन सिँहलाई नक्कली नागरिकता बनाउन हस्ताक्षर गरेको भन्दै प्रहरीले प क्रा उ गरेको हो।
नक्कली नागरिकता बनाउन गरेको सिफारीसमा हस्ताक्षर गरेको भन्दै वडाध्यक्ष सिँहलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिए। सोही वडाका सतिश बहादुर सिँहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको भन्दै वडाध्यक्ष सहित सिफारीस बनाउने वडासचिव करन वि.क, वडाका लेखापाल अजय बहादुर सिँहलाई पनि प क्रा उ गरिएको उनले बताए ।
यसैबिच सोही वडामा रहेको नारायण मा।वि का प्रधानाध्यापक ऐन बहादुर सिँहलाई पनि प्रहरीले प क्रा उ गरेको छ। प्रधानाध्यापक सिँहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली मार्कसिट बनाईदिएको भन्दै प क्रा उ गरिएको प्रहरी नायब उपरिक्षक विष्टले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आस्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्न आएको छ।जिल्ला प्रशासन कार्यालय बाट पहिलो पटक सतेस बहादुर सिंहको नामबाट नागरिकता लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि वडाबाट सिफरिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।