बिहिबार २५ जेठ २०८०

केही दिन अघि इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि नेपालगन्जका शुरेस चौधरीसँग फरार भएकी थिइन । उमेरले निकै फरक भएका गोपाल र गंगा गोपालकि कान्छी श्रीमती थिइन । जेठी श्रीमतिसगँ सम्बन्ध बिच्छेद भए पछि गोपालले गंगालाई बिबाह गरेका थिए । उमेरले फरक भएता पनि श्रीमान गोपालले श्रीमती गंगालाई निकै सुखमा राखेको र हरेक चाहाना पूरा गरिदिएको स्थानियहरुले बताएका थिए ।

गंगा फरार भए पछि मिडियामा आएका गोपालले श्रीमती फर्केर आए आफू स्वीकार गर्ने बताएका थिए । गत हप्तादेखि फरार भएकि गंगा भने अहिले सम्पर्कमा आएकी छिन । मिडियामा उनको खोजी बारे भिडियो बाहिरिए पछि केही दिन अघि गंगा म्यासेज मार्फत सम्पर्कमा आएकी गंगाले आफ्नो वेदना लेखेर पठाएकी थिइन । तर अहिले भने उनी स्यंम मिडियामा आएकी छिन । अहिले उनी आफ्नी आमा सहित मिडियामा आएकी छिन । आफू १५ वर्षको केटाकेटी उमेर हुँदै बिबाह गरिदिएको उनले बताईन । त्यो बेला आफुलाई बिबाहको बारेमा केही थाहा नभएको र आफ्नो सहमती बिना नै बिबाह भएको गंगाले बताईन ।

बिबाह पछि गोपालको जेठी श्रीमतिले गोपालको पैसा रोकिदिदा आफू काठमाडौमा बालुवा चालेर समेत बसेको गंगाको भनाई छ । छोरा जन्मिए पछि पनि आफुलाई श्रीमानले कुटपिट गर्ने गरेको गंगाको भनाई छ । आफू छोरा कै लागि सबै कुरा सहेर अहिलेसम्म बसेको उनले बताएकी छिन । आफू कोहि साथीहरुसगँ कतै हिड्दा पनि दुनिया मान्छेसग हिड्ने भन्दै झगडा गर्ने गरेको र आफ्नो केटिसाथिहरु कहिलेकाही घर तिर आउदा पनि त्यही कुरामा सधै झगडा गर्ने गरेको साथै आफुलाई कुटपिट गर्ने गरेको उनले आरोप लगाएकी छिन ।

आफ्नो माइतीहरु घरमा आउदा खानेकुराको केही वास्ता नगर्ने तर श्रीमान गोपालको आफ्न्त आउदा आफुले मीठो मीठो बनाएर दिन लगाउने गरेको उनले बताईन । हुदाँ हुदाँ एक पटक छोरासगैँ आफू बसिरहेको अवस्थामा छोरा सगैँ बस्छेस भनेर आफुलाई गोपालले कुटपिट समेत गरेको उनको भनाई छ । आफुले श्रीमान गोपालबाट धेरै पीडा खप्नु परेकोले अब छोरा पनि हुर्किसकेकोले आफू सुरेशसगँ गएको उनले बताईन । पब्जी खेल्दा भेट भएको सुरेशसगँ बोल्दै जादाँ उस्ले आफ्नो निकै ख्याल गर्ने गरेकोले आफुले बिबाह गरेको गंगाको भनाई छ ।

तर उनका छिमेकिहरुले भने गंगा र गोपालको झगडा भएको आफुले कहिल्यै नदेखेको बताएका थिए । साथै गंगाले कहिल्यै पनि आफुलाई घरमा यस्तो भएको छ भनेर बाहिर नभनेको पनि बताएका थिए । गोपाल पनि समाज र छरछिमेकमा एकदम मिलनसार र सहयोगी भएको उनिहरुको भनाई थियो । साथै गंगाकी मिल्ने साथिले पनि गंगाले कहिल्यै पनि गोपालको बारेमा नराम्रो नभएको बताएकी थिइन । गंगाले बजारमा आएका नया डिजाइनका सबै कुरा प्रयोग गर्ने गरेको र श्रीमान गोपालले पनि कुनै कुरामा रोकतोक नगरेको उनको भनाई थियो ।

(भिडियो हेर्नुस)


Last Updated on: January 2nd, 2022 at 5:05 pm
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया