
केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्र’हरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपालगन्जका सुरेश चौधरिसगँ फ’रा’र भएकी थिइन । फ’रा’र पछि खोजी गरिएकी गंगा केही समय पछि सुरेशसगैँ इटहरी आएकी थिइन । उनिहरु एक अर्कामा नछुट्टिने बताए पछि गोपालले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिने बताएका थिए । आफुसगँ गंगाले कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्ने उनिहरुको सहमती भएको थियो ।
गोपाल जोगि कै घरमा दुबै पक्षबिच सल्लाह पछि सुरेश लाई गंगा जिम्मा लगाउने भनी कागज गर्ने क्रममा सहमती पत्र लेखिएको थियो । तर उक्त सहमती पत्र आफुलाई मन्जुर नभएको भन्दै गंगाले हस्ताक्षर नगरे पछि उक्त कुरा इलाका प्रहरि कार्यलय इटहरी पुगेको थियो । प्रहरिले पनि उनिहरुलाई आपसी समझदारी गरि कागज गर्न आग्रह गरे पछि उनिहरु प्रहरी कार्यलय कै छेउमा पुन सहमती जुटाउन प्रयास गरेका थिए । तर त्यहा पनि उनिहरुबिच सहमती हुन सकेन ।
सहमती पत्रमा गंगाका बाबू आमा बस्दै आएको घर जग्गा गोपालको नाममा भएको र उक्त जग्गा ७ दिन भित्र खाली गराउनु पर्ने, गंगासग रहेको आर्थिक कारोबार अदालमा नै हिसाब गरेर गोपाललाई बुझाउनु पर्ने र गंगाले गोपालसगँ केही पनि अंश दाबी नगर्ने भनी गरिएको बुदाहरुमा गंगाले असहमती जनाएकी थिइन । आफ्ना बाबू आमा बस्दै आएको घर जग्गामा गोपाल जोगिको पैसा परेको भएता पनि मासिक रुपमस गोपालाई तिर्दै जाने पहिले नै सहमती भएको र त्यस अनुरुप अहिलेसम्म तिर्दै आएको गंगाको भनाई थियो ।
सोही सहमतिका आधारमा पूरा पैसा नतिरुनजेल गोपाललाई धितो पास भनी दिएकोले उक्त घर खाली गराउन नसक्ने गंगाको भनाई थियो । साथै आफुले केही आर्थिक कारोबार नगरेको भन्दै उक्त कुरा हटाउनु पर्ने गंगाको माग थियो । यिनै कुरामा दुई पक्षबिच बिबाद बढेपछी सहमती हुन सकेन । त्यहाबाट प्रहरी कार्यलय भित्रै गएका उनिहरुलाई प्र’हरिले पनि अदालतमा गएर आफ्नो कारोबार मिलाउनु भन्दै पठायो । तर गोपाल पक्षले भने कारोबार छोडेर जिम्मा दिने लिने भन्नेमा हस्ताक्षर गर्नु पर्ने बतायो ।
गंगा र सुरेश भने हस्ताक्षर गर्न पनि नमानी त्यहाँबाट हिड्न खोजे पछि स्थिति निकै त’वानग्रस बनेको थियो । गोपाल पक्ष र गंगा पक्ष बिच लखेटा लखेट समेत भएको थियो । अदालती प्रक्रियामा जादाँ गंगाले सम्पत्ति पनि हकदाबी गर्न सक्ने भन्दै गंगा अर्कैसगँ राजिखुशी गएको भन्ने कुराको कागज गर्नु पर्ने गोपालको भनाई छ । यदि अदालतमा गंगाले सम्बन्ध बिच्छेद मात्र गर्न गएको भनी अंश दाबी गर्न सक्ने हुनेले सुरेशलाई जिम्मा लाएको र जिम्मा लिएको भन्ने सहमती पत्रमा भने हस्ताक्षर हुनु पर्ने गोपालले बताए ।