
काठमाडौं । संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको मृ त्युलाई लिएर उनकी पत्नी रूपमकुमारी यादवले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेकी छन् । प्रहरी प्रधान कार्यालयले एसएसपी यादवको मृ त्युमा पारिवारिक कारण हुन सक्ने बताइरहेका बेला उनकी पत्नी रूपमकुमारीले यस’दयगत स्पष्ट पार्न पनि माग गरेकी छन् ।
एसएसपी यादवको गत ९ पुस शुक्रबारका दिन उनी कार्यरत कार्यालयको क्वार्टरमै झु न्डि एको अवस्थामा शव फेला परेको थियो । बिहान अनार खाएर तातोपानी तताउन भनेका उनलाई बिहान ११ बजे झु न्डि एको अवस्थामा भेटिएको थियो ।
बिहान ११ बजे जाली भएको ढोकाबाट झुन्डिएको अवस्थामा देखेर पनि तत्काल उपचारका लागि नलगिएकोमा पनि उनले आक्रोश पोखेकी छन् । ‘झु न्डि एको कुरा बाहिरबाट प्रस्ट देखिन्थ्यो, झु न्डि एको अवस्थामा देखेर पनि ढोका फोडेर उपचारका लागि किन लगिएन ? यो स्थितिमा उहाँ (एसएसपी यादव) आफैं झु न्डि एको भनेर हामीले कसरी विश्वास गर्ने ? उहाँले आ त्म ह त्या गरेको कुरामा हामीमा थोरै पनि विश्वास छैन । त्यसैले यो घटनामा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दछौं,’ श्रीमती रूपमकुमारीले राजधानीसँग भनिन् ।
आफ्नो पति एसएसपी यादवलाई बिहान ११ बजे नै झु न्डि एको अवस्थामा संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रहरीले देखे पनि आफूहरूलाई ३ घण्टापछि मात्रै अस्पष्ट रूपमा जानकारी दिएको उनले भनेकी छन् ।
‘मेरो पति सुशीलकुमार यादवलाई ११ बजे नै झु न्डि एको अवस्थामा भेटिएको भनिएको छ तर दिउँसो १२ः४५ बजे मात्र नवलपरासीमा बस्दै आउनुभएका मेरा ससुरा (एसएसपी यादवका बाबु)लाई घटना’ जानकारी दिइएको छ, त्यो पनि अस्पष्ट रूपमा । मैले त दिउँसो ३ बजे मात्रै स्पष्ट रूपमा थाहा पाएको हुँ । सुरुमा त हामीले ‘हर्ट आट्याक’ भएको पो हो कि भन्ने ठानेका थियौं,’ रूपमकुमारीले भनिन् ।
आफूहरू साँझ पुग्दाको घटना विवरण सुनाउँदै उनले भनिन्, ‘हामी पुग्दा केही प्रहरी कोठाभन्दा बाहिर उभिएका थिए । उहाँ कोठाभित्र झु न्डि रहनुभएको थियो ।कोठा छिर्ने ढोका जालीवाल र त्यो ढोका फुटाउन मिल्ने अवस्थाको थियो । त्यसैले पनि हामीलाई आत्महत्या भन्ने’मा शंका लागेको हो ।’
एसएसपी यादवको मृत्युमा प्रहरीले पारिवारिक कारण हुन सक्ने बताए पनि आफूहरूको सम्बन्ध एकदम राम्रो भएको जिकिर पनि श्रीमती रूपमकुमारीले गरेकी छन् । घटना भएको दिन बिहान ८ बजेर १२ मिनेट जाँदा आफूहरूबीच कुराकानी भएको पनि उनले सुनाइन् ।