
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा आज विहान पुनः एउटा ट्रकमा आ ग जनी गरिएको छ ।
बतहा खोलाको पुलमै ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिको समूहले विहान करिब पाैने ६ बजे आ ग जनी गरेको हो ।
आ ग ज नीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । आ ग ज नीमा राजमार्ग अ वरुद्धको घोषणा गरेका जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहको हुनसक्ने प्रहरीको अनुमान छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि ओलीले चालकलाई कुटपिट गरी ट्रकमा आ ग जनी गरेको जानकारी दिए । उनका अनुसार घाइते चालकको अहिले उपचार भइरहको छ । आ ग ज नी जनमत पार्टीकै कार्यकर्ताले गरेको अनुमान छ ।
जनमत पार्टीले यसअघि पनि सप्तरी र सिरहामा एक एक वटा ट्रकमा आ ग ज नी गरिसकेको छ । धनुषाको पोर्ताहामा प्रहरीले हिजो आ न्दोलनकारीमाथि गो ली चलाएपछि उनीहरु सशक्त आ न्दोलन गर्ने बताएका थिए ।
प्रतिक्रिया
भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस
राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।
यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।
यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।