शुक्रबार १५ मंसिर २०८०

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र निर्वाचनको विरोध गरिरहेका राजनीतिक दलहरुका नेताहरुको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई उनले अहंकारीको संज्ञा दिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाखण्डी भएको टिप्पणी गरेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असभ्य भएको टिप्पणी गरेका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १३ वर्षे जेल जीवन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाललाई लक्षित गर्दै विरोधी प्रतिक्रियावादीसँग मिलेर नेपालभर फिँजिएको उज्यालो निभाउन खोजेको बताएका छन् ।

उनले भने, “आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको भद्दा, नग्न र कुरुपता, अराजकताको विपक्षीसँग मिलेर विरोधीसँग मिलेर नेपालभरी फिँजिएको उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जता पूर्वक अहिले पनि आन्दोलनविरुद्ध लााग्ने तत्व देखिएका छन् ।”

कठिन दिन र भोगाइहरूबाट आजको उपलव्धी भएको भन्दै ओलीले आज केही नेताहरु इमान छोड्ने र अहंकारी बन्‍ने र म हुँ भन्ने भावनाबाट बरामी भएको बताए । इमान छोड्ने प्रवृति हिजो पनि देखिएको भन्दै प्रधानमन्त्रीले जुन दलसँग प्रतिस्पर्धा गरिएको हो उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासनहीन काममा एमालेकै नेताहरु लागि परेको बताए । उनले भने, “इमान छोड्नु अहंकारी हुनु म भन्ने भावनाबाट आक्रान्त बिमारी हुनुले नेपालको आन्दोलन ध्वस्त पार्ने प्रयास भइरहेको छ । त्यसलाई फुटाइयो तर अदालतलाई अपजस लगाइयो ।”

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुरर देउवाको नामै लिएर पाखण्डी भाषा प्रयोग गरेको बताए । उनले भने, “शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।”

पुष्पकमल दाहालले १५ वर्षदेखि बोलेका र वचन लगाएका आरोप हेर्ने हो भने अत्यन्तै गम्भीर रहेको भन्दै त्यसलाई असभ्यताको पराकाष्ठा भएको उनले बताए


Last Updated on: May 23rd, 2021 at 12:49 am
४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया