बुधबार २४ जेठ २०८०

‘आरोही’ एल्बममा समावेश गीत ‘पिरिम नलाउने’ बोलको गीतले ५० लाख रूपैयाँ कमाइ गरेको छ।

युट्युबमा अपलोड गरिएको दुई वर्षमा नै गीतले उक्त कमाइ गरेको हो। संगीतकार दीपक शर्माले आफ्नै जीवनशैलीलाई पछ्याएर लेखेको गीतलाई युट्युबमा ७ करोडभन्दा बढी हेरिएको छ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
No need for Viagra, use this
Israel #1 sexual health remedy 2019
LEARN MORE

गीतमा आशिष गौतम ‘सचिन’ र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतको भाव अनुसार गायक आशिष र मेलिनाको आवाजलाई म्याच गरेको छ।

गीतका गीतकार तथा संगीतकार शर्मा भन्छन्, ‘गीतको अडियो बनाउन १ लाख रूपैयाँ खर्च भएको छ। गीतको भिडियोका लागि ७ लाख रूपैयाँ खर्च भएको छ। गीतले अहिलेसम्म युट्युब च्यानलमार्फत ५० लाख रूपैयाँ आम्दानी गरिसकेको छ। गीतले ५० लाख आम्दानी गर्दा गायकको भागमा १५ लाख हात परेको छ। बाँकी रकम युट्युब च्यानल ओएसआरले लिएको छ।’

गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र गायकले अभिनय गरेका छन्।

गीतमा गाउँका युवापुस्ता लाहुर जाने र आफ्नी मायालुलाई ख्याल नगर्ने जस्ता कुरा गरिएको छ। दाह्री बैसैमा फुल्दा पनि प्रेमीहरू परदेश नै लाग्ने गरेको कुरा गीतमा उठाइएको छ।

गायक सचिन भन्छन्- ‘चार वर्षमा गाएका कुनै गीत सुपरहिट भए भने कुनै फ्लप। यसबाट इच्छा, भरोसा र सपना विस्तारै पूरा हुँदै गएको अनुभूति भएको छ। सिक्न र जान्न अझैं धेरै नै बाँकी छ।’

म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् भने कोरियोग्राफी गम्भीर बिष्टको छ। उत्सव दाहालले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन तथा कलरिङ गरेका छन्। उकेरामा भोला अधिकारीले खबर छापेका छन् ।


Last Updated on: May 23rd, 2021 at 12:53 am
७५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया