
इलाम – माई नगरपालिका–८ की २२ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि परिवारले स्थानीय शुक्रबारे बजारको एक मेडिकलमा उपचार गराए। गर्भवती रहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि परिवारले प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागि लगे। त्यहाँ केन्द्र र माई अस्पतालका डा. रामकृष्ण आचार्य नेतृत्वको टोलीले ती महिलाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि झापाको भद्रपुरस्थित मेची अस्पताल रिफर गरेको थियो।
परिवारले शुक्रबार बेलुकी ५ बजेको समयमा अस्पताल पुर्याए। करिब ५ घण्टा राख्दा पनि अस्पतालले उपचारको प्रक्रिया सुरु नगर्दा परिवारका सदस्यले उनलाई बिर्तामोडस्थित मेडिका अस्पताल ल्याए। मेडिकामा अक्सिजन लगाएर राखिएको थियो। ‘श्वास प्रश्वासमा समस्या आएकाले आइसियुको आवश्यकता थियो। तर, मेची अस्पतालमा आइसियको कुनै प्रबन्ध हुन सकेन।
अस्पतालले शनिबार बिदा भएकाले आइतबार मात्र बिरामीको चेक जाँच हुने भनेपछि उपचारको विकल्प खोज्दा मेडिका अस्पतालमा अक्सिजन उपलब्ध हुने भएपछि त्यही लग्यौं,’ बिरामीसंगै गएका स्थानीय पर्शुराम बाँस्तोलाले भने, ‘आइसियुमा राख्नका लागि बिएण्डसी अस्पतालमा सम्पर्क गर्दा सबै प्याक रहेछ। मनमोहनमा एउटा खाली रहेछ।
SUGGESTED NEWS
Mgid
Mgid
1 Cup Of This Daily Burns 12 Lbs Of Fat In A Week! Try Tonight
Ketoadvanced
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
What If Covid-19 Hit Disney?
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
तर कोभिडको संक्रमण भनेपछि लिन मानेनन्। अक्सिजन दिएर नै सबैतिर सम्पर्क गर्दा दमकमा एउटा बेड त पाइयो। तर बिरामीलाई मेडिकाबाट एम्बुलेन्समा हाल्न नपाउँदै मृत्यु भयो।’ शनिबार बेलुकी करिब ५ बजे मृत्यु भएकी महिलाको शवलाई राति ८ बजेतिर घरमा ल्याइएको थियो। शव घरसम्म ल्याउन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको छैन। घरको सिकुवामा लाशलाई राखिएको परिवारको सदस्यहरु वरपर बसेका छन्।
‘ज्वरो आएको रहेछ केही दिन स्थानीय मेडिकलमा उपचारपछि नगर अस्पतालमा आएका थिइन्। एन्टिजेन टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि तत्काल थप उपचारको लागि मेची अस्पताल रिफर गरेका थियौं,’ नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले भने, ‘स्वास्थ्य अवस्था गम्भीर भएकी उनलाई आइसियुमा उपचार गर्नुपर्ने भएकाले मेची रिफर गरिएको थियो तर उनीहरुले मेडिकामा राखेछन्।’
कोरोना संक्रमण देखिएको उनको अन्त्येष्टि कसरी गर्ने भन्ने अन्यौल छ। परिवारका सदस्यहरुलाई छुट्टै स्थानमा राख्ने प्रबन्ध भइरहेको स्वास्थ्य शाखा प्रमुख कट्टेलले बताए। अहिले मृतक महिलाको उपचार गरिएको शुक्रबारेस्थित मेडिकल समेत सिल गरिएको छ। इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले यसबारेमा जानकारी हालसम्म नआएको बताए।
मृत्यु भइसकेको हो भने परिवारको इच्छाअनुसार सदगत गर्न पाउँछन् तर स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने उनको भनाइ छ। कोरोना संक्रमणबाट मृत्यु भएका इलामका १४ मध्ये ५ जना मात्रै सेनाले सदगत गरेको र बाँकी परिवारका सदस्यले नैस्वास्थ्य मापदण्डलाई पालना गरेर नै सदगत गरेको प्रजिअ खड्काले बताए।