आइतबार १४ जेठ २०८०

८ बर्षको बालकलाइ सौतेनी आमाले झु,न्डा,ए,र मारे ?

 

May 23, 2021 15
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आ, X त्म, X ह, X त्या गरेको घटना र,ह,स्यमय बनेको छ ।जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आ, X त्म, X ह, X त्या गरेपछि घटना र,ह,स्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झु, X ण्डा, X एर मा, X रेको आमा तुलसा दियालीले आ,रोप लगाइन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्या, X न मा, X र्ने उद्योगमा जाहेरी दिएकी छिन् ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृ त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

दुई हप्ता अगाडि संक्रमण भएपछि उनलाई नेपाल प्रहरी अस्पताल लगिएको थियो। केसीको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको बताइएको छ। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी बासिन्दा हुन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने प्रहरी स्रोतले जनाएको छ।

यो पनि, उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने
वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।


Last Updated on: May 23rd, 2021 at 7:10 pm
१२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया