बुधबार २० मंसिर २०८०

काठमाडौँ । काठमाडौ उपत्यकामा नै गुणस्तरहीन सेनीटाइजर उत्पादन हुने गरेको खुलेको छ । प्रहरीले आइतवार छापा मार्दा गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको फेला परेको हो । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको हो । त्यहाँ ठूलो मात्रामा गुणस्तरहीन सेनिटाइजर फेला परेको हो ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । परीक्षणपछि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको उनको भनाइ छ ।

कम्पनीका सञ्चालक सुनसरी घर भएका आशिष प्याकुरेल पक्राउ परेका छन् । साथै, १० ट्रक ९करिब ३०, ४० हजार लिटर० सेनिटाइजर पनि बरामद गरिएको छ । कम्पनी वीरगञ्जमा रहेको भनिए पनि दर्ता नदेखिएको एसपी पंगेनीले जानकारी दिए । उनले कम्पनीको आधिकारिक दर्ताबारे पनि अनुसन्धान भइरहेको बताए ।

कोरोना संक्रमण बढेसँगै सेनिटाइजर प्रयोगकर्ताको संख्या बढ्दा गुणस्तरहीन उत्पादनको बजारमा बिगबिगी बढेको छ । यसबाट उपभोक्ता भने मर्कामा परेका छन् ।


Last Updated on: May 23rd, 2021 at 7:24 pm
१०१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया