
काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । घरमा दुई छोरी दुई छोरा सहित ५ जना बस्दै आएका थिए । श्रीमान घरमा नभएको अवस्थामा महिलाको नातामा देवर पर्नेसंग सम्बन्ध भयो । उनीहरु नजिकिदै गए । ति युवकले छोराहरुलाई नेपालमै छोडेर छोरी लिएर भागौं भनेर महिलालाई सम्झाउन थाले । महिलाले मानिनन् । त्यसपछि उनीहरुबीच सम्बन्ध विग्रन थाल्यो ।
विवाहेत्तर सम्बन्धका कारण अनाहकमा दुई नाबालक छोराहरुले संसार छोड्नु पर्यो । छोरा छोडेर महिला आफुसंग भाग्न राजि नभएपछि ति युवकले दुई नाबालक छोरालाई नै सिध्याइदिए । बाराका दुई बालक मृ त फेला परेको घटनाको रहस्य यसरी खुलेको छ । घटनामा संलग्न भएको आशंकामा ५० जना भन्दा बढीलाई पक्राउ गरी अनुसन्धान थाल्दा यस्तो रहस्य खुलेको हो । अहिले प्रहरीले घटनामा संलग्न बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी भएको पुष्टि गरेको छ ।
अभियुक्तले भाउजू नातामा पर्ने मृ त कहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भागी भारततिर गई बसौँ भनी बारम्बार दबाब दिने गरेको र ति महिलाले नमानेका कारण घटना भएको पाइएको अनुसन्धान अधिकृतले बताएका छन्।
मृतकहरूको आमाले छोराहरूलाई छाड्न नमानेपछि छोराहरू नै सिध्याइदिने निर्णयमा अन्सारी पुगेको पाइएको प्रहरीको दाबी छ। उनले तँलाई छोराको घमण्ड छ तेरा छोरा सिध्याइदिन्छु भन्दै चेतावनी पनि दिने गरेका थिए । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा छोराहरुले पनि थाहा पाएको र छोराहरुले बुवा इदमा घर आएको बेलामा सबै भनिदिन्छौं भनेर समेत भनेका थिए ।
बाराका एसपी दिपेन्द्र शाही अनुसार कलैया ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र ९ वर्षीय उसमान अन्सारीको शव फेला परेको हो। सोमबार साँझदेखि उनीहरु बे’पत्ता थिए। सोमबार साँझ साढे बजे घरबाट सँगै बाहिर निस्किएका ती दुवै बालकको शव मङगलबार बिहान गाउँकै मदरशा परिसरभित्र यस्तो अवस्थामा फेला परेको मिश्रले बताए ।