शुक्रबार ०५ आश्विन २०८०

४ कोठे घर मात्र १० लाख ३० दिनमा तयार सम्पर्क नम्बर सहित तलको भिडियो हेर्नुहोला

पद जाने बित्तिकै गाडि फिर्ता गर्ने शान्ता चौधरी पहिलो सांसद

सांसद पद जानेवित्तिकै आफूले प्राप्त गरेको सुविधाको गाडि फिर्ता गर्नेमा नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरी पहिलो सांसद भएकी छिन् चौध्रीले सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी हुन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।

चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।

‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,’ उनले लेखकी छिन्, धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’ चौधरीले प्रतिनिधिसभामा दाङबाट प्रतिनिधित्व गरेकी थिइन् ।


Last Updated on: May 24th, 2021 at 12:18 pm
३२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया