आइतबार १४ आश्विन २०८०

पुर्ख्येउलि घर खोटांग भएका मनि प्रसाद राई अहिले बुढेस कालमा एक्लै भएका छन्। घरमा भएका सन्तानहरुले नहेरे पछि उनि अहिले रोडमा बसेका छन्। ३ छोरि १ छोरा भएर पनि यी बृद्ध बुबा सन्तान बिहिन भएका छन्। अरुको घर बनाउने , घर बसाउने यी बुबा अहिले आफु नै घर बार बिहिन भएका छन्। धेरै मानिसहरुको घर बनाएर बसालेका यी बुबा अहिले आफु सानो झुप्रो घर मा बसेका छन्।

उनको साथमा उनकी श्रीमती थिइन्। जसो तसो बुढाबुढीले मागेर भएपनि आफ्नो जिबन चलाएका थिए। श्रीमती को मृ’त्यु भएको पनि जम्मा १५ दिन भएको रहेछ। श्रीमती हुदा आफ्नो दुख भुलेका यी बुबाले अहिले श्रीमती को याद धेरै आएपछि चुरोटको साहारामा बाचेका छन। बृद्ध बुबा भन्छन , अब मेरो कोहि छैन , भएका आफ्ना सन्तानले कहिले पनि चिनेनन। त्यहि श्रीमती थिइ उसले पनि मलाई छोडेर गई भनि धेरै दुखि भए।

मैले मेरा छोराछोरिको लागि धेरै दुख गरे त्यसको बदलामा म अहिले सडकमा बस्नु पर्यो। छोरिहरु विदेश मा छन् रे छोरा भारत छ भन्ने सुनेको मलाई भेट्न खोज्न कहिले आएनन। नाति नातिनी पनि छन् रे उनि हरुले पनि मलाई कहिले माया गरेनन भन्दै भक्कानिए मनि प्रसाद। मैले अहिले काम गर्न सक्दिन न खाने गास छ न बस्ने बास नै छ। एउटा यस्तो झुपडी छ त्यो पनि पानि परे रुजिन्छ। मैले अब केहि गर्न नसक्ने भए अरुले खान दिए खान्छु नत्र भोक्कै सुत्छु। बाकि जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।


Last Updated on: May 24th, 2021 at 11:43 am
७६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया