शुक्रबार १४ माघ २०७८

नेपालगन्ज जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई जना घा’इते फाइल तस्बिर | काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुर्घटनामा परेर दुई जना घा इते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो । बसमा चार जना मात्र सवार थिए ।घा,इतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घा,इतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्य समाचार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ ।दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


Last Updated on: January 14th, 2022 at 3:46 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया