शुक्रबार १४ माघ २०७८

कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृ’त्यु भएको छ। कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्या’न गएको हो।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन्। वृद्धावस्था र शारीरिक रुपमा पनि अ’स्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन्। उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

भित्रभित्रै ओलीनिकट व्यवसायी र नेताहरूमाथि भ्र ष्टाचारको मु द्दा लगाउने तयारी गरेका देउवाले मंगलवार सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेललाई ओलीनिवास बालकोट पठाएर राष्ट्रिय राजनीतिमा थप अवरोध सिर्जना गरे ‘राम्रो नहुने’ चेतावनीसमेत दिन लगाएका छन् ।


Last Updated on: January 14th, 2022 at 5:22 pm
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया