
मान्छेको दिमागमा नराम्रो बिचारले बास गरेपछि के सम्म गर्न सक्छ भन्ने उदाहरण सुनसरीमा देखिएको छ । त्यहाँ एक पुरुषले आफ्नी श्रीमतिको पहिलो श्रीमान्बाट जन्मेकी बालिकालाई अनैतिक काम गरेका छन् ।
उनकी झट्केलोपट्टिकी ९ वर्षीया छोरीलाई त्यस्तो कार्य गरेको आरोपमा इनरुवाबाट ती युवा पक्राउ परेका छन् । उनको घर भने सुनसरीको रामधुनी ८ तीनकुने हो ।
SUGGESTED NEWS
Mgid
Mgid
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
Make Your Own Product For Your Scalp
Limelight Media
हाल उनी इनरुवा ३ मा बस्दै आएका थिए । ती ३५ वर्षीय पुरुषले श्रीमतीको पहिलो श्रीमान् (झट्केलो) पट्टिका नाबालिका कान्छी छोरीलाई त्यस्तो कार्य गरेपछि पक्राउ गरिएको हो ।
आमालाई भेट्न आएकी उनी १० दिनदेखि उनीसँगै बस्दै आएको प्रहरीले बताएको छ । श्रीमती सु ते को अवस्थामा जेठ ५ गते राति नाबालिकामाथि त्यस्तो कार्य गरेका थिए । घटनापश्चात् फरार उनलाई आइतबार बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा ८ बङ्कुल्वाबाट पक्राउ गरेको हो ।
उनलाई यसमा आकर्षित हुने प्रचलित ऐन बमोजिम म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।