शुक्रबार १४ माघ २०७८

भैरहवा– सिद्धार्थनगर अन्तर्गत बुद्धचोकमा शुक्रबार (आज बिहान) दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ११ बजे भैरहवाको बुद्धचोक लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो ।

फेसबुकमा पछ्याउनुहोस्

मृतक र ट्रक चालकको नाम भने अझै खुलेको छैन । बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले मोटरसाइकसवार ती पुरुषलाई केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा समेत गरेका छन्। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

 


Last Updated on: January 15th, 2022 at 3:15 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया