मंगलबार १६ आश्विन २०८०

एजेन्सी । वर्तमानमा, सम्पूर्ण देश कोरोना भाइरससँग संघर्ष गर्दैछ र प्रायः राज्यहरूमा सं क्रम णको श्रृंखलालाई तोड्नको लागि लकडाउन जारी छ। विवाहको यस मौसममा पनि मानिसहरूले धेरै समस्याको सामना गरिरहेका छन । किनकि सरकारले यसका लागि पनि प्रतिबन्ध लगाउँदै सिमाना तोकेको छ । यस्तो अवस्थामा, एक जोडीले पृथ्वीमा लकडाउन भए के भो त भन्दै आकासमै विवाह गरेका छन् ।

उनीहरुले आकासमा हवाईजहाजमा विवाह गर्ने योजना बनाए र आफन्तहरुको अगाडी विवाह गरे । यो अनौंठो विवाह भारतको तमिलनाडुको मदुरैमा भएको छ जहाँ दम्पतीले थुथुकुडी जाने विमानमा आफन्तहरूको अगाडि विवाह गरे। तमिलनाडुमा महामारीका कारण, सीएम स्टालिनले २४ मेदेखि ३१ मे सम्म पूर्ण लकडाउन घोषणा गरेको छ ।

SUGGESTED NEWS
Mgid
Mgid

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

10 Visually Stunning Sci-Fi TV Shows To Binge Watch In 2020
Zestradar

यसै बीच, धेरै जोडीहरू जसले २४ देखि ३१ मेकै समयमा विवाहको योजना बनाएका थिए । किनकी यहि समयमा लगन थियो । धेरैले मन्दिरको अगाडी सिमित मानिस भेला भएर विवाह गरे । लकडाउनमा कुनै समारोहको अनुमति थिएन । तर यो एक जोडी एक कदम अगाडि बढ्यो र एक चार्टर्ड हवाइजहाज भित्र विवाह भयो। मदुरैका राकेश र दीक्षाले एउटा विमान भाडामा लिए र १३० आफन्तलाई पनि बोलाए । सबैको अगाडी आकासमै विमानभित्र उनीहरुले विवाह गरे ।

दुई दिन अघि दम्पतीको बिहे भयो र धेरै थोरै आफन्त आएका थिए। यद्यपि राज्यमा एक दिने छुट पाउने बित्तिकै उनले आफ्नो विवाहलाई अविस्मरणीय बनाउने योजना गरे। दम्पतीले दाबी गरेका छन् सबै १३० यात्रुहरू उनीहरूका आफन्तहरू थिए जसले पीसीआर परीक्षण गरेका थिए । नेगेटिभ रिपोर्ट आएपछि मात्र विमानमा सवार भएका थिए ।


Last Updated on: May 24th, 2021 at 11:58 am
९१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया