
विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ ।
७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।
२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ ।
आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।
उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।
उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।