
प्रियंका कार्की गर्भवती हुँदा श्रीमान आयुष्मानले बनाएको भिडियो निकै चर्चामा
May 24, 2021 20
26
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जेठ, काठमाडौं । नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् । यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो ।
पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् । ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढीपटक हेरिएको छ ।
भिडियोमा प्रियंका बिहान उठेदेखी साँझसम्म गर्ने गतिबिधिलाई समेटिएको छ । आयुष्मानले बिहानी प्रियंकालाई उठाए देखी खाना बनाएर खुवाएका छन् । साथै उनले प्रियंकाको खुट्टा मालिस गरिदिएका छन् ।