आइतबार १७ मंसिर २०८०

काठमाडौं

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले मेडिकल माफियाका प्रमुख संरक्षक नै ओली रहेको आ’रोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले आर्थिक र राजनीतिक साझेदार मध्येका आफू निकट एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन अनेक हथक’ण्डा अपनाएको उनको आरोप छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका हुन् । जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको आरोप छ ।

प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको भन्दै उनले यही समयमा प्रधानमन्त्रीको संरक्षणमा रहेका स्वघोषित डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।


Last Updated on: May 24th, 2021 at 6:58 pm
८३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया