बिहिबार ११ आश्विन २०८०

चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्र`सम्म हाई स्पिड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । टेकपानाले शनिबार आयो`जना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खला`को कार्यक्र`ममा बोल्दै सीजी टेलि|कमका प्रबन्ध निर्देशक निर्वाण चौधरी|ले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् ।

‘हामीलाई टेलि|कम क्षेत्रमा आउन नदिए पनि एफ`टीटीएच तथा इन्टरनेट सेवा`प्रदायकको रुपमा काम गर्ने लाइ|सेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्य`मा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याक|बोन पूर्वा`धार पनि तयार भइ`रहेको छ । त्यसबाट घर`घरमा हामी एफटीटीएच सेवा उप`लब्ध गराउने छौं ।’

आफ्नो इन्टरनेट सेवा उदा|हरणीय हुने दाबी समेत चौधरी|ले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नु|हुनेछ कि हामी कसरी विश्व`स्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्त`विक स्वाद काममै निर्भर हुन्छ ।

अरु टेलिकम कम्पनीले लाइ|सेन्स पाएर पनि काम गर्न नसकेको भन्दै उनले निश्चित शर्त तोकेर आफू`हरुलाई हामी`लाई लाइसेन्स दिए दूरसञ्चार क्षेत्रमा देखिएको मोनो`पोली तथा डुओपोलीको अवस्था`लाई भत्काउने बताए । ‘हामी|लाई लाइसेन्स दिनुहोस्, हामी गरेर देखाउँछौं,’ उनले भने ।

‘अहिले इन्टरनेट सेवा`प्रदायकहरुको मूल्य निकै धेरै छ । त्यसैले नै त्यसको पेनिट्रेसन निकै कम देखिन्छ । हामी त्यस किसिमको ग्याप`लाई पुरा गर्नका लागि इन्टरनेट सेवा`प्रदायक सार्व`जनिक गर्दैछौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हामीले दिने इन्टरनेट अहिलेभन्दा आधाजसो सस्तो हुनेछ ।’

नेपाल`भर गाउँ गाउँमा अनि घरघरमा हामी यो सेवा पुर्‍याउने सुनि`श्चितता दिलाउन चाहेको उल्लेख गर्दै चौधरीले चर्को प्रतिस्पर्धाबीच नयाँ प्रविधिको स्वाद नेपाली जनतालाई दिन चाहेको बताए । उनले अगाडि भने, ‘यदि हामी डिजिटल अर्थ|तन्त्र चाहन्छौं र वास्तवमै आर्थिक विकास खोजि|रहेका छौं भने त्यसका लागि डिजिटल पूर्वाधार र सेवाको मूल्यको भूमिका निकै धेरै महत्व|पूर्ण हुन्छ ।’ – टेक पाना


Last Updated on: May 25th, 2021 at 12:41 am
१७४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया