
सौर्य मण्डलमा सूर्यबाट शुक्र ग्रह दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायुमण्डल कार्बन्डाईअक्साइड् र बिषालू सल्फ्युरिक् एसिडले बनेको छ ।
पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल अवस्थामा हुन्छ तर शुक्र ग्रह यती तातो छ की शुक्र ग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ ।
हरित गृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजीव वस्तु त्यहाँ जीवित रहने कल्पना समेत गर्न सकिँदैन ।
यसको वायुमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ ।
पृथ्वीको व्यास १२ हजार आठ सय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ ।
यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजिकाएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
यस ग्रहलाई अङ्ग्रेजीमा वेनस (Venus) भनिन्छ जुन रोमन माया र सुन्दरताकीदेवी वेनसकाे नामबाट राखिएको हो।
शुक्र ग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केही क्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो।
यसलाई कहिले काहीँ पर्ता तारा र the “Evening Star” पनि भनिन्छ किन भनेँ यो ग्रह प्रायजसो यी नै समयमा देखा पर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिँदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।
शुक्र ग्रहले जेष्ठ १३ गते राती ९:३१ बजे शुक्र परिवर्तन गर्दैछ । यी ७ राशिको भाग्य चम्कनेछ ।
भिडियो हेर्नुस :