शुक्रबार ०५ आश्विन २०८०

झापा- एउटा अक्सिजन सिलिण्डर पाँच जनाले हस्तान्तरण गर्दै गरेको तस्बिर अहिल सामाजिक संजालमा निकै भाइर भइरहेको छ ।

धेरै जनाले एउटा सिलिण्डर दिएको तस्वीर खिचापछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यो तस्वीर कहाँको हो भन्ने धेरैलाई लागिरहेको छ ।

recommended by
Mgid
Mgid

HERBEAUTY
Ur cooking will change forever
Here are 8 easy exotic meals to try
LEARN MORE
यो तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको हो । सिलिण्डरमा हात पुर्याउने हुन् प्रदेशसभा सांसद् हिराकुमार थापा, झापाको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, पूर्वसांसद तारासम याङ्या, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु प्रसाईं ।

शनिबारदेखि भाइरल यो तस्वीरमा भएको सिलिण्डर कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको हो । र, त्यसैलाई केन्द्रमा राख्ने वेला सबैले हातले छोएर तस्वीर खिचाएका हुन् ।

भाइरल तस्बिर

तस्वीर भाइरल भएपछि जिसस प्रमुख पोर्तेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘सामाजिक सञ्जालमा हेर्दा लाग्छ । सबै शुभचिन्तकहरुप्रति आभार, यहाँहरुको चिन्तालाई मनन् गरिनेछ ।’

अहिले यो तस्बिर सामाजिक संजालमा निरन्तर भाइरल छ ।


Last Updated on: May 25th, 2021 at 1:07 am
९२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया