शुक्रबार ०५ आश्विन २०८०

सरकारले महामारी रोक्न निषेधाज्ञा लगाएको छ । उक्त निषेधाज्ञाको अनुगमन गर्न प्रहरी परिचालित हुने गर्छन् । तर अनुगमन गर्न गएका प्रहरीलाई नै पसले मिलेर धुलाई गरे के होलारु बिराटनगरमा यस्तै भएको छ ।

त्यहाँ निषेधाज्ञा अनुगमनका लागि परिचालन भएको प्रहरी टोलीमाथि आ क्र म ण भएको छ । पसल बन्द गरेर निषेधाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा यस्तो भएको हो ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि आ क्र म ण भएको हो । खड्काका अनुसार चार जना प्रहरीलाई चोटपटक लागेको छ । बाँस र भाटाले हा न्दा डिएसपी राईसहितका प्रहरीको पाखुरा र शरीरका भागमा चोट लागेको हो । प्रहरीमाथि उत्रिएको समूहले डिएसपी राईका अ ङ्ग रक्षक प्रहरी जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्यातिदिएको छ ।

निषेधाज्ञामा पसल खुला राखेर भिडभाडसाथ तरकारीलगायत सामग्रीको किनबेच भइरहेको पाइएपछि प्रहरीले सुरुमा सम्झाइबुझाई गरेर पसल बन्द गर्न आग्रह गरेको थियो । तर केही बेरमै प्रहरी त्यहाँ आइपुग्दा पसल बन्द नगरेको र भीडभाड झन् बढेको पाइएको एसपी खड्काले बताए ।

यसरी प्रहरीमाथि जाइ लाग्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन् । पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


Last Updated on: May 25th, 2021 at 1:12 am
१०९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया