बुधबार ०४ जेठ २०७९

विकाश कासिछ्वा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, बह्मायणी नजिकै रहेको आफ्नो घरमा थिए ।बहिनी रुँदै माइती घरमा आइन् । २९ वर्षकी निरु कासिछ्वा (नागा) विकाशकी कान्छी बहिनी हुन् । केही वर्षयता श्रीमानको हिं साबाट पी डित निरुको सहारानै माइती थियो । माइतीमा छिर्न नपाउदैं निरुले आफूलाई श्रीमानले कु, ट’ पि ट गरेकाले आएको बताइन् ।

बिहान १० बजेपछि मात्र प्रशासन र प्रहरी कार्यालय खुल्ने भएकाले विकाशले बहिनीलाई खाना आएर जाने सल्लाह गरे । कार्यालय समय भएपछि उनी बहिनी निरुलाई लिएर जिल्ला प्रहरी कार्यालय भक्तपुरमा पुगे । यहाँ पुगेपछि आवश्यक कानुनी का’रवाहीकोलागि निरुले निवेदन दिइन् । प्रहरीका कर्मचारीले फोन गरेर रोशन नागालाई बोलाए । उनी तुरुन्तै आइपुगे । विकाशले भने ‘बहिनी र मेरो खुट्टा समाएर अब यस्तो गर्दिन भन्दै माफी माग्यो ।’

१२ वर्ष आगाडी प्रेम विवाह गरेकी निरु श्रीमान रोशनले ग,ल्तीको महशुस गरेका भन्ने सोचेर माफी दिन तयार भइन् । उनीहरु श्रीमान श्रीमती दुवै जना हामी मिल्छौं भनेपछि प्रहरी कार्यालयका कर्मचारीले विकाशलाई ‘सोध के गर्ने सर ?’‘आँधी’ले कासिछ्वा परिवारको चेलीलाई लग्यो । ११ वर्षकी छोरी र ५ वर्षका छोरोले आमाको माया सदाको लागि गु’माए

बहिनी र ज्वाई एक आपसमा मिल्ने भएपछि विकाशले ‘के गर्ने र सर उनीहरु मिलेपछि भैगोनि’ भन्ने जवाफ प्रहरी प्रशासनका कर्मचारीलाई दिए । त्यसपछि उनीहरुलाई प्रहरीले एक सातामा कार्यालय आउने सर्तमा घर जान दिएको थियो ।
असोज १९ जिल्ला प्रशासनबाट हास्दैं श्रीमानको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा प्रा ण त्या’ गिन् ।

असोज १७ गतेदेखि देखिएको कालो बादलसँगै ‘आँधीले कासिछ्वा परिवारको चेलीलाई लग्यो । ११ वर्षकी छोरी र ५ वर्षका छोरोले आमाको माया सदाको लागि गु’माए । प्रेम विवाह गरेकी निरुलाई १२ वर्षपछि त्यो प्रेम जुरेन ।निरुकी सासूले निरुकी आमालाई फोन गरेर तपाईंकी छोरी बि’रामी भएर अस्पताल लगेको छ आउनु भन्दै फोन गरेकी थिइन् । फोन आएपछि आमाले छोरो विकाशलाई बताइन् ।


Last Updated on: January 22nd, 2022 at 1:26 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया